राजपुर बमकाण्डः अफताब आलमका भाइ महताफ आलम पक्राउ

Share:

काठमाडौँ । रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।

भारतको सितामढी जिल्लाको मोतिहारीबाट उनलाई पक्राउ गरेर रौतहटतर्फ ल्याइएको स्रोतले जनाएको छ ।

भारतीय प्रहरीसँगको समन्वयमा रौतहट प्रहरीले फरार प्रतिबादी आलम लाई पक्राउ गरेको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका–४ (साबिक राजपुर गाबिस ४) स्थित आलमको घरमा बम बिस्फोट हुँदा घाईते यमुनामाई गाउपालिका–४ (साबिक सरुअठा ४) का २४ वर्षीय पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र २२ वर्षीय ओसि अख्तरलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरेको आरोप उनी माथि लागेको छ ।

उक्त घटनामा मुख्य आरोपमा अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: