पोखरामा उपचाररत पर्वतका एक पुरुषको कोरोनाले मृत्यु

Share:

पोखरा । पोखरामा उपचाररत पर्वतका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय संक्रमित पुरुषको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको हो ।

ती पुरुषमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: