कास्कीका ५३ सहित गण्डकीमा थप ८८ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ५३ सहित गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार हालसम्म जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ५३ जना, नवलपुरका १५ जना, तनहुँ र लमजुङका ७/७ जना, स्याङजाका ३ जना, गोरखाका २ जना तथा पर्वतका एक जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमितको संख्या १२ हजार ७७४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: