
काठमाडौँ । नेपालमा थप १०१४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७० जना महिला र ६४४ जना पुरुष गरी १०१४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा मात्र ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
ललितपुरमा ६७ जना, रुपन्देहीमा ५३ जना, चितवनमा ३६ जना, भक्तपुरमा ३१ जना, कास्कीमा ३० जना, कपिलवस्तु र दाङमा २८/२८ जना, कञ्चनपुरमा २७ जना, कैलालीमा २४ जना, झापा र अछाममा २२/२२ जना, मोरङमा २० जना, सुर्खेतमा १६ जना, काभ्रे र अर्घाखाँचीमा १५/१५ जना, पाल्पामा १४ जना, डडेल्धुरामा १२ जना, सुनसरी र पर्वतमा ११/११ जना, इलाम, तनहुँ, नलवपरासी र बझाङमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
बारा, मकवानपुर, बागलुङ र बाँकेमा ९/९ जना, धादिङ र नवलपरासी पूर्वमा ८/८ जना, संखुवासभा र स्याङजामा ६/६ जना, सप्तरी, सिन्धुपाल्चोक र लमजुङमा ५ जना, नुवाकोट, गोरखा, जुम्ला र मुगुमा ४/४ जना, ताप्लेजुङ, धुनषा, सिरहा, दोलखा, बर्दिया र कालिकोटमा ३/३ जना, ओखलढुंगा, पर्सा, सर्लाही, गुल्मी, रोल्पा, जाजरकोट, दैलेख र बैतडीमा २/२ जना तथा तेह्रथुम, पाँचथर, महोत्तरी, रौतहट, रामेछाप, सिन्धुली र बाजुरामा १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २० संक्रमितको मृत्यु भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।
२४ घण्टामा ६२२० परिक्षण भएको छ भने हालसम्म १७ लाख ९० हजार ७३९ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
