
पोखरा । सोमबार कास्कीका ५३ सहित गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ५३ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ४९ जना छन् भने ४ जना मादी गाउँपालिकाका हुन् ।
यस्तै, नवलपुरका १५ जना, तनहुँ र लमजुङका ७र७ जना, स्याङजाका ३ जना, गोरखाका २ जना तथा पर्वतका एक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमितको कुल संख्या १२ हजार ७७४ पुगेको छ ।
यसैगरी, गण्डकी प्रदेशमा सोमबार थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।
निर्देशनालयले पोखरामा उपचारका क्रममा आइतबार मृत्यु भएका पर्वतका संक्रमित पुरुषको पुष्टि गरेको हो ।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय संक्रमित पुरुषको आइतबार दिउँसो १२ः४५ बजे मृत्यु भएको थियो ।
ती पुरुषमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।
गण्डकीमा हालसम्म ७ हजार ४७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । निर्देशनालयका अनुसार प्रदेशभरबाट पछिल्लो २४ घण्टामा मात्र ८१ जना संक्रमणमुक्त भएका छन्।
हाल प्रदेशमा ५ हजार १२५ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा अवधिमा प्रदेशभरका प्रयोगशालामा ५२१ जनाको परिक्षण भएको र हालसम्म १ लाख १२ हजार ११९ जनाको परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
