
पोखरा । कास्कीका ६२ सहित गण्डकी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ८० जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा कास्कीका ६२ जना, नवलपरासीका ९ जना, स्याङ्जाका ४ जना, लमजुङका ३ जना तथा बाग्लुङ र तनहुँका एक/एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपलिका वडा नं. १ का ४९ र ४७ वर्षीय पुरुष तथा २५ वर्षीया महिला, वडा नं.२ का ६३ वर्षीय पुरुष तथा ४९ वर्षीया महिला, वडा नं.३ का ७० वर्षीय पुरुष, वडा नं.४ की ६५ वर्षीया महिला, वडा नं.५ का ६१ वर्षीय पुरुष, वडा नं. ६ का ५१ वर्षीय पुरुष, वडा नं. ८ का ३१ वर्षीय पुरुष, वडा नं.९ का ३४ वर्षीय पुरुष तथा ४५ र ३० वर्षीया महिला, वडा नं.१० का २१ वर्षीय पुरुष, वडा नं.११ की ३९ वर्षीया महिला, वडा नं.१२ का ८४, ३५, ३३ र ५३ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, वडा नं.१३ का ३०, ७२ र ८३ वर्षीय पुरुष तथा ५९, २०, ५१, ४४, ३० र ५४ वर्षीया महिला, वडा नं.१४ का ५४, ७८ र २१ वर्षीय पुरुष तथा १९ र ७६ वर्षीया महिला, वडा नं.१५ का ३७ वर्षीय पुरुष तथा २६ वर्षीया महिला, वडा नं.१६ का १६ वर्षीय पुरुष तथा २५, ४१ र ७० वर्षीया महिला, वडा नं.१७ का ५५, ६०, ४१, ४५, २३ र १७ वर्षीया महिला, वडा नं.१८ का १८ वर्षीय पुरुष, वडा नं.१९ का १९ र ५८ वर्षीय पुरुष तथा ५९ वर्षीया महिला, वडा नं.२१ का ४५ वर्षीय पुरुष, वडा नं.२५ का ३२ वर्षीय पुरुष, वडा नं.२६ का २० वर्षीय पुरुष, वडा नं.२९ की २० वर्षीया महिला, वडा नं. ३० का २६ वर्षीय पुरुष, वडा नं.३२ का ७७ र ३२ वर्षीय पुरुष तथा ५४ वर्षीया महिला, वडा नं. ३३ का ३५ वर्षीय पुरुष, वडा नखुलेका २० वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, रुपा गाउँपालिकाकी ७५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
नवलपुरको देवचुलीका ४६, ३६, २१, ४१, ६२, ४६, २७, १८ र ४५ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबाजारका १५ वर्षीय पुरुष, वालिङका २२ र ४० वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, लमजुङको मस्र्याङ्दी वडा नं. ७ का ३३ वर्षीय पुरुष, राइनास वडा नं. ४ की ८० वर्षीया महिला, वडा नं. ५ का २३ वर्षीय पुरुष, बाग्लुङको काठेखोला वडा नं. ८ का ५२ वर्षीय पुरुष एवं तनहुँको व्यास वडा नं.१ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८५४ पुगेको छ ।
