गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा बाग्लुङका ८ जना, कास्कीका ४ जना, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँका एक/एक जना रहेका छन् ।

बाग्लुङ गल्कोटका ५४, ५०, २७ र ३५ वर्षीय पुरुष तथा ३६, २८, २० र ४२ वर्षीया महिला, कास्कीको पोखरा महानगरपलिका वडा नं. ११ का १२ वर्षीय बालक सहित ४३ वर्षीय पुरुष तथा ४१ वर्षीया महिला, वडा नं. १३ का ७२ वर्षीय पुरुष, लमजुङ मध्यनेपालकी ४७ वर्षीया महिला, पर्वत कुश्मा वडा नं. ५ का २९ वर्षीय पुरुष, स्याङ्जा चापाकोट वडा नं. ८ का ३२ वर्षीय पुरुष एवं तनहुँ शुक्लागण्डकीका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८७० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: