सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

Share:

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मंगलबार दिउँसो सार्वजनिक गरेको हो ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ । नापी विभागमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणा गरेका थिए।

मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गिरिएको हो ।

सगरमाथाको उचाई नेपाल र चीनले छुट्टाछुटुटै मापन गरेको थियो। मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो।

विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

यसअघिको सन् १९५४ सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ ८८४८ मिटर मापन गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: