कास्कीका ७ र तनहुँका थप ३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार दिउँसो कास्की र तनहुँ गरी प्रदेशका दुई वटा जिल्लाका १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका ७ जना र तनहुँका ३ जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १० का १० वर्षीय बालक, वडा नं.१२ का ४० वर्षीय पुरुष, वडा नं.१३ का ८२ वर्षीय पुरुष, वडा नं.१४ का २५ वर्षीय पुरुष, वडा नं.१८ का ५२ वर्षीय पुरुष, वडा नं.३२ का ५४ र ५० वर्षीय पुरुष तथा तनहुँको व्यास वडा नं.१ का ४२ वर्षीय पुरुष, बन्दीपुर वडा नं.५ का ८४ वर्षीय पुरुष, रिसिङ वडा नं. ८ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ८८० पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: