सुनको मूल्य १५ सयले बढ्यो

Share:

पोखरा । सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ ।

मंगलबार (आज) सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबारको तुलनामा चाँदी तोलामा ३० रुपैयाँले बढेर १२३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: