विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८५ लाख नाघ्यो, १५ लाख ६२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ६ करोड ८५ लाख नाघेको छ ।

गत २४ घण्टामा मात्रै थप ५ लाख ७८ हजार ६९३ जनामा संक्रमण देखिएसँगै विश्वमा संक्रमितको संख्या ६ करोड ८५ लाख ४४ हजार ७४ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म विश्वमा ४ करोड ७४ लाख ४५ हजार ९५५ जना निको भएका छन् ।

यस्तै गत २४ घण्टामा विश्वभर ११ हजार ६४१ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोना संक्रमित मृतकको संख्या १५ लाख ६२ हजार २५ पुगेको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा हालसम्म १ करोड ५५ लाख ८७ हजार ७४ जना संक्रमित भएका छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९३ हजार ३५८ पुगेको छ।

कमेन्ट गर्नुहोस्
Share: