साझा र विवेकशील एक हुँदै, आज एकता घोषणा

Share:

काठमाडौँ । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता भएको घोषणा हुँदै छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो ।

आज दिउँसो साढे ३ बजे एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीको सञ्चार विभागले जनाएको छ ।

दुई दलमा विभाजन भएको २३ महिनापछि साझा र विवेकशील पुनः एक हुन लागेका हुन्। २७ पुस ०७५ मा यी दुई दल विभाजन भएका थिए। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने गरी एकता गर्न लागिएको र केन्द्रीय समितिमा ६५/६५ जना रहने जनाइएको छ ।

पार्टी पदाधिकारीसहित केन्द्रीय समिति बराबरी हुनेगरी एकता गर्ने अनौपचारिक समझदारी यसअघि नै बनेको थियो।

यस्तै पार्टीको चुनाव चिह्न तराजु, पार्टीको नाम विवेकशील साझा पार्टी बनाउनेसमेत सहमति भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: