
पोखरा । कास्कीका ५८ सहित गण्डकी प्रदेशमा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका ७३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ५८ जना, लमजुङका ६ जना, तनहुँका ५ जना, म्याग्दीका २ जना तथा स्याङ्जा र गोरखाका एक/एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १ का ४० वर्षीय पुरुष तथा ८४ वर्षीया महिला, वडा नं.२ की २४ वर्षीया महिला, वडा नं.४ का ६०, ४२ र ३३ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, वडा नं.५ का ३८ र ३५ वर्षीय पुरुष तथा ३७ र २७ वर्षीया महिला, वडा नं.७ का ५२ वर्षीय पुरुष, वडा नं.८ का २७ र २९ वर्षीय पुरुष तथा २१ वर्षीया महिला, वडा नं.९ का ५६, ५९ र ६० वर्षीय पुरुष तथा ८४, ५९, ५० र ३६ वर्षीया महिला, वडा नं. १० का ५४ वर्षीय पुरुष, वडा नं.११ का २०, ५८ र ८५ वर्षीय पुरुष, वडा नं.१२ का २९ वर्षीय पुरुष, वडा नं.१३ का ५६ र ४९ वर्षीया महिला, वडा नं.१४ का ४६ वर्षीय पुरुष तथा ५५ र २६ वर्षीया महिला, वडा नं.१५ का ३२ वर्षीय पुरुष, वडा नं.१६ का २३ र ४४ वर्षीया महिला, वडा नं.१७ का २५ र ८६ वर्षीय पुरुष तथा ३४, ३६ र २६ वर्षीया महिला, वडा नं.१८ का २३ वर्षीय पुरुष, वडा नं.१९ का ५३ र ३४ वर्षीय पुरुष, वडा नं.२५ का ११ वर्षीय बालक सहित २५, ५० वर्षीय पुरुष तथा ६० र ४४–४४ वर्षीया महिला, वडा नं. २६ का १७ वर्षीय पुरुष सहित १३ र ३८ वर्षीया महिला, वडा नं.३२ का ४५ र ३७ वर्षीय पुरुष तथा ३१ वर्षीया महिला एवं माछापुछ्रे गाउँपालिकाका ४९ र ४२ वर्षीय पुरुष तथा ४३ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।
यस्तै, लमजुङको मध्यनेपाल वडा नं.७ की ४७ वर्षीया महिला, वडा नखुलेका २४ र ६० वर्षीय पुरुष तथा २९, ३२ र ३९ वर्षीया महिला, तनहुँको व्यास वडा नं. १ की २० वर्षीया महिला, वडा नं.६ का ४९ वर्षीय पुरुष तथा ४४ वर्षीया महिला, वडा नं. ९ का ३९ वर्षीय पुरुष, वडा नं.१० का १८ वर्षीय पुरुष, म्याग्दी बेनीका ४० वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, गण्डकी मेडिकल कलेजमा परिक्षणका लागि आएका स्याङ्जाका ६४ वर्षीय पुरुष र गोरखाको गोरखा नगरपालिका वडा नं. ४ का ३९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ९५३ पुगेको छ ।
