कोरोना संक्रमणबाट पोखरामा थप एक पुरुषको मृत्यु

Share:

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ ।

पोखरा–१३ का ३३ वर्षीय संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति १ः१५ बजे मृत्यु भएको हो ।

छातीमा समेत समस्या रहेका ती पुरुषमा मंसिर २२ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १७३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: