
काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख नाघेको छ ।
गत २४ घण्टामा थप ३२ हजार ६७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ९७ लाख ३५ हजार ९७५ पुगेको छ ।
संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ९२ लाख १५ हजार ५८१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा गत २४ घण्टामा थप ४०४ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४१ हजार ३९८ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
