
काठमाडौँ । नेपालमा थप १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८६ जना महिला र ६७० जना पुरुष गरी १ हजार ५६ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा काठमाडौँमा मात्रै ३९३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ललितपुरमा ७५ जना, भक्तपुर र रुपन्देहीमा ३९/३९ जना, चितवनमा ३६ जना, नुवाकोटमा २८ जना, झापामा २६ जना, मोरङमा २३ जना, डडेल्धुरामा २२ जना, बाँकेमा २० जना, इलाम र बर्दियामा १५/१५ जना, सुनसरी र रसुवामा १३/१३ जना, लमजुङमा १० जना, सोलुखुम्बु, मकवानपुर र नवलपरासी पूर्वमा ८/८ जना, स्याङ्जा, दाङ र नवलपरासीमा ७/७ जना, धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६/६ जना, धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।
उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्युठानमा ४/४ जना, काभ्रे, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३/३ जना, महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सिन्धुपाल्चोकमा २/२ जना तथा ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी दैलेख, कञ्चनपुर र बझाङमा १/१ जनामा पनि कोरोना संक्रमण भएको छ ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।
ती मध्ये हालसम्म २ लाख ३० हजार ५३७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४८३ जना संक्रमणमुक्त भएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमित मृतकको संख्या १ हजार ६५१ पुगेको छ ।
हाल देशभर १२ हजार २४५ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा रहनेको संख्या ५२५ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २८६ परिक्षण भएको र हालसम्म १८ लाख ५ हजार ९७२ परिक्षण भएको छ ।
