
लेखनाथ । नागरिक परोपकार समन्वय सस्था कास्कीले शवबहान खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियान अन्र्तगतको आठौं श्रृङखला सम्ममा करिब २२ लाख संकलन भएको छ ।
सस्थाले आर्थिक संकलनको अभियान अन्तरगत बुधबार पोखरा–२६ कोे अघौंचोकमा राखेको कार्यक्रममा करिब दुई लाख संकलन भई अहिलेसम्म करिब २२ लाख संकलन भएको आर्थिक संयोजक उपेन्द्रराज सुबेदी (राजु)ले जानकारी दिए ।
कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जन्म पछि मृत्यु मानिसको एउटा अनिवार्य सर्त भएको बताउदै त्यसको व्यवस्थापन गर्नु हाम्रो परमम्परा रहको बताए । साथै पहिलाका जस्तो काधमा नै बोकेर अन्तिम कार्य गर्नु अप्ठ्यारो अवस्था भएकाले नागरिक परोपकार समन्वय सस्थाले अगाडी सारेको योजनामा सबैको साथ र सहयोग आवस्यक रहेको विचार राखेका थिए ।
सोही अवसरमा जिसीले यो अभियान पोखरा महानगरपालिका र रुपा गाउँपालिका दुबैको भएकाले आफ्नो तर्फबाट पहिलो चरणमा रु एक लाख ५० हजार पाँच सय ५५ सहयोग गर्ने घोषणा गर्दै राम्रो कामको थालनी भएकाले यो अभियान सकेपछि आवस्यकता अनुसार अन्य विपत व्यवस्थापनका काम गर्दै जान संस्थालाई सुझाव दिएका थिए ।
कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले सामाजिक संघ सस्थामा देखिएको राजनितीकरणले विकास निर्माणको क्षेत्रमा ठुलो असर पारेकाले आगामी दिनमा राजनिती भन्दा माथि उठेर अगाडी बढ्न सबैलाई अनुरोध गरे थिए ।
कार्यक्रममा नेकपा वडा नं २७ अध्यक्ष सुर्यमणि लामिछाने, लेखनाथ क्लवका अध्यक्ष बालगोपाल श्रेष्ठ, लेखनाथ अर्घौ बजार व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष टिकाराम सापकोटा लगायतले विपतमा परेकालाई नाम अनुसारको पुण्य काम गरेर देखाउनु पर्ने सुझाव दिएका थिए ।
संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामराज अधिकारीले र धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जिवी तिवारीले गरेका थिए ।
