
पोखरा । बुधबार कास्कीका ६९ सहित गण्डकी प्रदेशमा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ७ वटा जिल्लाका ९६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ६९ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ६६ जना छन् भने ३ जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।
यस्तै, नवलपुरका ९ जना, लमजुङका ८ जना, तनहुँका ५ जना, स्याङजा र म्याग्दीका २/२ जना तथा गोरखाका एक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमितको कुल संख्या १२ हजार ९७६ पुगेको छ ।
यसैगरी, गण्डकी प्रदेशमा बुधबार थप ४ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत २ जना तथा फिस्टेल हस्पिटल र मणिपाल शिक्षण अस्पतालमा उपचाररत १/१ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
पोखरा महानगरपालिका वडा नं. १४ का ७४ वर्षीय संक्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मंगलबार बिहान ७ः२५ बजे मृत्यु भएको हो । ती पुरुषमा मंसिरको १७ गते कोरोना पुष्टि भएको थियो ।
गण्डकी मेडिकल कलेजमै उपचाररत पोखरा महानगरपालिका वडा नं. १५ का ६७ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मंसिर २१ गते कोरोना पुष्टि भइ उक्त अस्पतालमा उपचाररत ती पुरुषको बुधबार बिहान ४ः२० बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका वडा नं. १६ का ५९ वर्षीय संक्रमित पुरुषको फिस्टेल हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान ५ः२० बजे मृत्यु भएको छ । ती पुरुषमा मंसिर १७ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै, पोखरा–१३ का ३३ वर्षीय संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राति १ः१५ बजे मृत्यु भएको छ । छातीमा समेत समस्या रहेका ती पुरुषमा मंसिर २२ गते मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।
प्रदेशभरबाट पछिल्लो २४ घण्टामा मात्र ५३ जना संक्रमणमुक्त भएका छन्। यससँगै गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या ७ हजार ५६१ पुगेको छ ।
हाल प्रदेशमा ५ हजार २३९ सक्रिय संक्रमित रहेका छन् ।
२४ घण्टामा अवधिमा प्रदेशभरका प्रयोगशालामा ४६४ परिक्षण भएको र हालसम्म १ लाख १३ हजार १४८ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
