गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा पर्वतका ३ जना तथा कास्की, तनहुँ, मुस्ताङ र स्याङ्जाका एकएक जना रहेका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ का ४५ वर्षीय पुरुष, वडा नं.५ का २८ वर्षीय पुरुष तथा २९ वर्षीया महिला, कास्कीको पोखरा महानगरपालिका वडा नं. १२ की ३५ वर्षीया महिला, तनहुँको शुक्लागण्डकी वडा नं. ९ का २७ वर्षीय पुरुष, मुस्ताङको घरपजोङ वडा नं. ४ का २६ वर्षीय पुरुष एवं स्याङ्जाको पुतलीबजार वडा नं.५ का ४४ वर्षीय पुरुषमा कोरोनासंक्रमण भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: