कोरोनाः नेपालमा थप १२१७ जनामा संक्रमण, १०६४ संक्रमणमुक्त, १२ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप १ हजार २१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४४३ महिला र ७७४ पुरुष गरी १ हजार २१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ३३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, कैलालीमा ९४ जना, मोरङ र कास्कीमा ६७/६७ जना, सुनसरीमा ६६ जना, रुपन्देहीमा ५६ जना, ललितपुरमा ५१ जना, झापा र अछाममा ४८/४८ जना, दाङमा २६ जना, भक्तपुर, पाल्पा र बाँकेमा २५/२५ जना, चितवनमा २२ जना, लमजुङ र कञ्चनपुरमा १९/१९ जना, बैतडीमा १८ जना, बझाङमा १४ जना, गुल्मीमा १३ जना, सप्तरीमा १२ जना, बाग्लुङमा ११ जना, काभ्रे र बर्दियामा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।
नवलपरासी र प्युठानमा ९/९ जना, सिराहा, गोरखा, तनहुँ र डडेल्धुरामा ८/८ जना, धनुषा, धादिङ र डोटीमा ७/७ जना, मकवानपुर र कपिलवस्तुमा ६/६ जना, ताप्लेजुङ, महोत्तरी र नुवाकोटका ५/५ जना, बारा, रसुवा, स्याङ्जा र अर्घाखाँचीमा ४/४ जना, उदयपुर, सर्लाही र सुर्खेतमा ३/३ जना, धनकुटा, संखुवासभा, पर्सा, रौतहट, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीमा २/२ जना तथा इलाम, खोटाङ, पाँचथर, नवलपरासी पूर्व, डोल्पा र सल्यानमा १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । यो कुल संक्रमितको ९४.२ प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १२ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टीनमा रहनेको संख्या ५१५ रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ७ हजार २३२ परिक्षण भएको र हालसम्म १८ लाख १३ हजार २०४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: