
पोखरा । पोखराका ६१ सहित गण्डकी प्रदेशमा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बिहीबार दिउँसो प्रदेशका ९ वटा जिल्लाका १०३ जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ६१ जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन्।
यस्तै, लमजुङका १८ जना, बाग्लुङका ७ जना, गोरखाका ६ जना, तनहुँका ४ जना, पर्वतका ३ जना, स्याङ्जाका २ जना तथा मुस्ताङ र नवलपुरका एकरएक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ७९ पुगेको छ ।
यस्तै, पोखराको विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ३ जना र तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित मृतकको संख्या १८० पुगेको छ ।
हाल प्रदेशमा ५ हजार ३३८ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा प्रदेशभरको प्रयोगशालामा २९३ जनाको परिक्षण भएको र हालसम्म १ लाख १३ हजार ४४१ जनाको परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
