कास्कीका ४० सहित गण्डकीमा थप ५६ जनामा कोरोना पुष्टि

Share:

पोखरा । कास्कीका ४० सहित गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार प्रदेशका ६ वटा जिल्लाका ५६ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि हुनेमा कास्की मात्रै ४० जना रहेका छन् । जसमध्ये ३९ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना रुपा गाउँपालिकाका हुन् ।

यस्तै, लमजुङका ८ जना, स्याङ्जाका ४ जना, गोरखाका २ जना तथा म्याग्दी र बाग्लुङका एक/एक जना रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं.१ का ६७ वर्षीय पुरुष तथा ६१ वर्षीया महिला, वडा नं.५ का ५५ वर्षीय पुरुष, वडा नं.६ का १८ र ६८ वर्षीय पुरुष तथा ६० वर्षीया महिला, वडा नं.७ का ७०, ३३, ५५ र ५८ वर्षीय पुरुष, वडा नं.८ का ३१, ४३, ५६ र ५९ वर्षीय पुरुष, वडा नं.९ का ३२ वर्षीय पुरुष तथा ६३ वर्षीया महिला, वडा नं.११ का ५० र ८५ वर्षीया महिला, वडा नं.१२ का ६१ र ७५ वर्षीय पुरुष तथा १९ र ६६ वर्षीया महिला, वडा नं.१३ की ७६ वर्षीया महिला, वडा नं.१५ का ६७ वर्षीय पुरुष तथा ४८ वर्षीया महिला, वडा नं.१६ का २० वर्षीय पुरुष तथा ४५ र ३० वर्षीया महिला, वडा नं.१७ का ५२ र ६६ वर्षीय पुरुष तथा ७४, २२, २४ र २८ वर्षीया महिला, वडा नं.१८ का ४२ र ५१ वर्षीय पुरुष, वडा नं.२९ का २९ वर्षीय पुरुष, वडा नं.३१ का ६६ वर्षीय पुरुष, वडा नं.३२ की ४६ वर्षीया महिला एवं रुपा गाउँपालिका वडा नं.६ का १७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको हो ।

लमजुङको राइनास वडा नं.६ का १६ र ५१ वर्षीय पुरुष, मस्र्याङ्दी वडा नं.७ का २७ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, वडा नं.८ का २९ र ४८ वर्षीय पुरुष, वडा नं.९ का ५३ वर्षीय पुरुष र वडा नखुलेका ३८ वर्षीय पुरुष, स्याङ्जाको पुतलीबजार वडा नं.३ का ५१ वर्षीय पुरुष, भिरकोट वडा नं.१ का ५१, ४५ र ३५ वर्षीय पुरुष, गोरखाको अजिरकोट वडा नं.५ का २९ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं.७ का ४३ वर्षीया महिला, म्याग्दीको मालिका वडा नं.१ का ७६ वर्षीय पुरुष एवं बाग्लुङको ताराखोला वडा नं.२ का २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार १३५ पुगेको छ ।

यसैगरी, शुक्रबार पोखरामा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ ।

हालसम्म प्रदेशमा कोरोना निको हुनेको संख्या ७ हजार ५९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ३५ जना निको भएका छन् ।

हाल प्रदेशभर ५ हजार ३५८ सक्रिय संक्रमित रहेका छन् ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ४८३ परिक्षण भएको छ भने हालसम्म १ लाख १३ हजार ९२४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: