पोखरामा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Share:

पोखरा । पोखरामा थप १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पोखरा–१० निवासी ७५ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा शुक्रबार बिहान ९ः१५ बजे मृत्यु भएको हो ।

मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचाररत ती पुरुषमा अन्य दीर्घरोग समेत रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: