
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफू कोरोनाबाट संक्रमित भएको सामाजिक संजाल मार्फत् जानकारी गराएका हुन् ।
खड्काको शुक्रबार बिहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएको हो। हाल उनी होम आइसोलेसनमा बसेका छन् ।
संक्रमणकै कारण खड्काले आजदेखि चितवनमा सञ्चालन हुने गौतम बुद्ध कप क्रिकेट खेल्नबाट बञ्चित भएका छन् ।
आफू खेल्ने अवस्थामा नरहेपछि खड्काले सबैलाई गौतमबुद्ध कपका लागि शुभकामना समेत दिएका छन् ।
कमेन्ट गर्नुहोस्
