कोरोना भाइरसः विश्वभर मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

Share:

काठमाडौँ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ । गत २४ घण्टामा विश्वभर १२ हजार ३१२ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १६ लाख ३८० पुगेको हो ।

यस्तै, गत २४ घण्टामा विश्वभर ६ लाख ९९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड १४ लाख ३७ हजार ३३० पुगेको छ ।

विश्वमा अहिलेसम्म चार करोड ९६ लाख ३७ हजार २५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ८२ हजार ५३९ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वमा २ करोड १ लाख ९१ हजार ६७३ सक्रिय संक्रमित रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख २ हजार ७५० पुगेको छ ।

अमेरिकामा हालसम्म संक्रमितको संख्या १ करोड ६४ लाख ३५ हजार ५८२ पुगेको छ भने ९५ लाख ७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: