
पोखरा । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार दिउँसो प्रदेशका ५ वटा जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।
कोरोना भाइरस पुष्टि हुनेमा कास्की र नवलपुरका ३/३ जना तथा लमजुङ, गोरखा र बाग्लुङका एक/एक जना रहेका छन् ।
कास्कीको पोखरा महानगरपालिका वडा नं. १६ की ४० वर्षीया महिला, वडा नं.१७ का ४३ र ३४ वर्षीय पुरुष, नवलपुरको गैंडाकोट वडा नं.८ का ४६ वर्षीय पुरुष, विनयत्रिवेणी वडा नं.१० का २२ वर्षीय पुरुष, मध्यविन्दु वडा नं.१२ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै, लमजुङको सुन्दरबजार वडा नं.७ की ५४ वर्षीया महिला, गोरखाको गोरखा नगरपालिका वडा नं. ५ का ६३ वर्षीय पुरुष र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.३ का ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २५१ पुगेको छ ।
