कोरोनाले कास्कीमा थप एक पुरुषको मृत्यु

Share:

पोखरा । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा शुक्रबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

ती पुरुषमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १८२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: