
काठमाडौँ । नेपालमा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा १३५९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।
हालसम्म नेपालमा कोरोनाले १६८९ जनाको मृत्यु भएको छ । २४ घण्टामा देशभर १५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित रहेका छन् । हाल क्वारेन्टीनमा ५१९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२४२ परिक्षण भएको छ भने हालसम्म १८ लाख २५ हजार ८६० परिक्षण भएको छ ।
