शनिबार पोखराका ६९ सहित गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना संक्रमण, १ को मृत्यु पुष्टि

Share:

पोखरा । पोखराका ६९ सहित गण्डकी प्रदेशमा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ८ वटा जिल्लाका ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ६९ जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन्।

यस्तै, नवलपुरका २३ जना, तनहुँका १८ जना, पर्वतका २ जना तथा बाग्लुङ, गोरखा, स्याङ्जा र लमजुङका एक/एक जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार २५१ पुगेको छ ।

यस्तै, कोरोना संक्रमणबाट कास्कीमा थप एक पुरुषको मृत्यु पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कारोना संक्रमित मृतकको संख्या १८२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: