
काडमाडौँ। पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ ।
नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर भएको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।
पछिल्लो पटक आईओसीले डिसेम्बर १ मा दिएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य कार्यान्वयन विधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
कमेन्ट गर्नुहोस्
