भारतमा कोरोना संक्रमितको संख्या ९८ लाख नाघ्यो

Share:

काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा २७ हजार १८२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ९८ लाख ५४ हजार २०८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ५३ हजार ४६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, त्यहाँ पछिल्लो २४ घण्टामा थप ३३२ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार ९९४ पुगेको छ ।

भारत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दोस्रो मुलुकको हो ।

कमेन्ट गर्नुहोस्
Share: