
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या ५ करोड नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वभर ५ करोड ४ लाख ९० हजार ३७१ कोरोना संक्रमित निको भएका छन् ।
यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड २१ लाख ४ हजार २२ पुगेको छ ।
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख ११ हजार ५०० पुगेको छ ।
हालसम्म कोरोना भाइरस विश्वका २१८ मुलुकमा फैलिएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ ।
संक्रमित मध्ये त्यहाँ निको हुनेको संख्या ९६ लाख ४४ हजार ३२५ पुगेको छ भने ३ लाख ५ हजार ८२ संक्रमितको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्
