देशभरको मौसम आज कस्तो रहन्छ?

Share:

पोखरा । सोमबार (आज) देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ ।

हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको हो ।

अहिले बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

सोमबार दिउँसो प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै, राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: