कोरोना भाइरसः नेपालमा थप ८२१ जनामा संक्रमण, ८४२ संक्रमणमुक्त, १८ को मृत्यु

Share:

काठमाडौँ । नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ३१७ महिला र ५०४ पुरुष गरी ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म २ लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् । देशभरबाट पछिल्लो २४ घण्टामा मात्र ८४२ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ । क्वारेन्टीनमा ४७१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४२३ परिक्षण भएको छ भने हालसम्म १८ लाख ३६ हजार ४६४ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: