
पोखरा । पोखराको काँहु भञ्ज्याङबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा–१२ माटेपानी निवासी ३२ वर्षीय रमेश गुरुङ, पोखरा–१२ चापापानी निवासी २९ वर्षीय नवराज गुरुङ र पोखरा–११ काहुँ भञ्ज्याङ निवासी २१ वर्षीय मुकेश बिक रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पोखरा–११ काँहु भञ्ज्याङबाट मंसिर २४ गते अन्दाजी साँझ ०७ः३० बजे लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डाइजापाम ६४ एम्पुल, नुर्फिन ६५ एम्पुल, फेनेरागन ६७ एम्पुल, गाँजा २० ग्राम, मोवाइल २ थान र नगद दुई हजार आठ सय ४० रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई लागूऔषध सम्बन्धी कसूर अन्तरगत जिल्ला अदालत कास्कीमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
