पोखरामा क्यामेरा चोरेको आरोपमा दुई पक्राउ

Share:

पोखरा । पोखरामा चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

पोखरा–३ तेर्सापट्टी स्थित निवासी प्रवीण बैद्यको घरमा राखेको दुई लाख पचास हजार रुपैयाँ मूल्य बराबरको क्यानन 7D  क्यामेरा चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवकलाई क्यामेरा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई हाल पोखरा–५ जिरो बस्ने १९ वर्षीय दीपक मगर र पोखरा–२२ पुम्दीभुम्दी बस्ने १९ वर्षीय अनिश बराईली रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता कृष्ण बस्यालले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: