सोमबार कास्कीका ६८ सहित गण्डकीमा थप ८६ जनामा कोरोना पुष्टि, ५ संक्रमणमुक्त

Share:

पोखरा । सोमबार कास्कीका ६८ सहित गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका ८६ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ६८ जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, नवलपुरका १० जना, तनहुँका ६ जना र स्याङ्जाका २ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४२१ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट जम्मा ५ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या ११ हजार ६७६ पुगेको छ ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा २१२ परिक्षण भएको र हालसम्म १ लाख १४ हजार ८९१ परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: