
पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख २८ हजार ३०७ जनामा कोरोना पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ३१ लाख ८१ हजार ३६४ पुगेको छ ।
संक्रमितमध्ये ५ करोड १३ लाख १२ हजार ७४१ निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ५२ हजार संक्रमणमुक्त भएका हुन् ।
यस्तै, हालसम्म विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या १६ लाख २७ हजार ४१९ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार गत २४ घण्टामा ८ हजार ५२९ जना संक्रमितको मृत्यु भएको हो ।
हाल विश्वमा २ करोड २ लाख ४१ हजार २०४ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ४९५ जना गम्भीर बिरामी छन्।
कोरोनाले सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या १ करोड ६९ लाख ४२ हजार ८२२ पुगेको छ ।
अमेरिकामा अहिलेसम्म ३ लाख ८ हजार ८९ संक्रमितले ज्यान गुमाएका छन् भने ९८ लाख ७१ हजार ६६३ संक्रमणमुक्त भएका छन् ।
