
पोखरा । छिमेकी मुलुक भारतमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ९९ लाख नाघेको छ । गत २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण भएसँगै संक्रमित संख्या ९९ लाख ६ हजार ५०७ पुगेको हो ।
संक्रमितमध्ये संक्रमितमध्ये ९४ लाख २१ हजार ८३२ जना निको भएका छन् । गत २४ घण्टामा मात्रै ३४ हजार २२४ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै, गत २४ घण्टामा भारतमा ३५३ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ७४६ पुगेको छ ।
हाल भारतमा ३ लाख ४० हजार ९२९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।
कमेन्ट गर्नुहोस्
