पोखराको लामाचौरबाट लागूऔषधसहित १ युवक पक्राउ

Share:

पोखरा । पोखराको लामाचौरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

सोमबार राति ६.३० बजे कास्कीको माछापुच्छ्रे–१ भुर्जुङखोला घरभई पोखरा–१९ लामाचौर बस्दै आएका ३५ वर्षीय मिनबहादुर तामाङ लागूऔषधसहित पक्राउ परेका हुन् ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको साथबाट लागूऔषध डाइजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल, फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल बरामद गरिएको छ ।

तामाङलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: