
पोखरा । मंगलबार पोखराका ७४ सहित गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ४ वटा जिल्लाका १०१ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका मात्रै ७४ जना रहेका छन् । उनीहरु सबै पोखरा महानगरपालिकाका हुन् ।
यस्तै, लमजुङका १६ जना, तनहुँका ६ जना र बाग्लुङका ५ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५२२ पुगेको छ ।
संक्रमितमध्ये गण्डकीमा ११ हजार ७२८ जना संक्रमणमुक्त भएका छन् । प्रदेशभरबाट गत २४ घण्टामा मात्र जम्मा ५२ जना संक्रमणमुक्त भएका हुन् ।
हालसम्म प्रदेशमा १८४ संक्रमितको मृत्यु भएको छ ।
हाल प्रदेशमा १६१० सक्रिय संक्रमित रहेका छन् ।
निर्देशनालयका अनुसार गत २४ घण्टामा ४३५ परिक्षण भएको र हालसम्म १ लाख १५ हजार ३२६ परिक्षण भएको छ ।
