
पोखरा । देशका अधिकांश क्षेत्रमा बुधबार (आज) आँशिक देखि सामान्य बदली हुने जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ।
अहिले बिहान प्रदेश २, बागमती प्रदेशका भू–भागमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू–भागमा हुस्सुर कुहिरो लागेको छ।
बुधबार दिउँसो प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आँशिक बदली रहनेछ ।
यस्तै, राति देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
कमेन्ट गर्नुहोस्
