कोरोना भाइरस: विश्वभर मृत्यु हुनेको संख्या १६ लाख ४० हजार नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ लाख ४० हजार नाघेको छ ।

गत २४ घण्टामा मात्रै १२ हजार ६३५ संक्रमितको मृत्यु भएसँगै विश्वमा संक्रमित मृतकको संख्या १६ लाख ४० हजार ६२५ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ५ लाख ८७ हजार १३७ संक्रमित थपिएका छन् ।

यससँगै विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ९० हजार ६१९ पुगेको छ ।

संक्रमितमध्ये ५ करोड १८ लाख २ हजार ९१९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजार ६५१ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड ३ लाख ४७ हजार ७५ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख १७ हजार ६२७ गम्भिर बिरामी छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ७१ लाख ४३ हजार ७७९ पुगेको छ ।

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ६८ पुगेको पुगेको छ भने १ करोड ७ हजार ८५३ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: