भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघ्यो

Share:

पोखरा । छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४४ हजार नाघेको छ । गत २४ घण्टामा ३८४ संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १ लाख ४४ हजार १३० पुगेको छ ।

यस्तै, गत २४ घण्टामा २६ हजार ४०१ जनामा संक्रमण भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ३२ हजार ९०८ पुगेको छ ।

संक्रमितमध्ये ९४ लाख ५५ हजार ७९३ जना निको भएका छन् । गत २४ घण्टामा मात्रै ३३ हजार ९६१ जना संक्रमणमुक्त भएका हुन् ।

हाल भारतमा ३ लाख ३२ हजार ९८५ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।

भारत सबैभन्दा धेरै संक्रमण फैलिएको मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: