प्रतितोला ८०० ले बढ्यो सुनको मूल्य

Share:

पोखरा । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य प्रतितोला रु ८०० ले बढेको छ ।

बुधबार सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी पनि प्रतितोला रु ३० ले बढेको छ । चाँदी आज एक हजार २३० मा कारोबार भइरहेको छ ।

चाँदी मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: