
पोखरा । पोखराका २६ सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउँसो प्रदेशका ३ वटा जिल्लाका ३२ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा कास्कीका २६ जना, तनहुँका ५ जना र पर्वतका १ जना रहेका छन् ।
कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरपालिका वडा नं. २ का २० वर्षीय पुरुष तथा ५७ वर्षीया महिला, वडा नं. ३ का ३५ वर्षीय पुरुष, वडा नं. ४ का ३२ वर्षीय पुरुष, वडा नं. ५ का २२ वर्षीय पुरुष, वडा नं. ६ का ५६ वर्षीय पुरुष तथा १२ वर्षीया बालिका, वडा नं. ८ का ५१ र ७२ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, वडा नं. १० का ४८, ५५ र ७८ वर्षीया महिला, वडा नं. १२ का ५३ र ४९ वर्षीय पुरुष, वडा नं.१३ का ३१ वर्षीय पुरुष तथा ४९ र २२ वर्षीया महिला, वडा नं. १६ का १९ र ४९ वर्षीय पुरुष तथा २३ वर्षीया महिला, वडा नं. १७ का ४७, २१ र २४ वर्षीय पुरुष, वडा नं.२८ का ४६ वर्षीय पुरुष, वडा नं. ३१ की २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ ।
तनहुँको बन्दिरपुर वडा नं. ५ का ८४ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ३ का २७ वर्षीय पुरुष, वडा नं. ८ की ६६ वर्षीया महिला, व्यास वडा नं. १ का २० र ३७ वर्षीया महिला एवं पर्वतको बिहादी वडा नं.४ का ३४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५५४ पुगेको छ ।
