कास्कीका १२ सहित गण्डकीमा थप २९ जनामा कोरोना संक्रमण

Share:

पोखरा । कास्कीका १२ सहित गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार दिउँसो प्रदेशका ६ वटा जिल्लाका २९ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा कास्कीका १२ जना, गोरखाका ७ जना, लमजुङका ५ जना, स्याङ्जाका ३ जना, बाग्लुङ र तनहुँका १/१ जना रहेका छन् ।

कास्कीमा थपिएका संक्रमितमध्ये १० जनापोखरा महानगरपालिकाका हुन् भने २ जना माछापुच्छ्रे गाउँपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ८ का ५२ वर्षीय पुरुष, वडा नं.९ की५१ वर्षीया महिला, वडा नं.११ का ७ वर्षीय बालक सहित ४६–४६ र ६९ वर्षीया महिला, वडा नं.१५ का २७ वर्षीया महिला, वडा नं.३० का ४५, ३७ र ६३ वर्षीय पुरुष, माछापुछ्रे गाउँपालिका वडा नं. २ का २० वर्षीय पुरुष तथा ४४ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

यस्तै, गोरखाको भिमसेनथापा गाउँपालिकाकी ३८ वर्षीया महिला, आरुघाट गाउँपालिका वडा नं. ८ का ६४ वर्षीय पुरुष, गण्डकी गाउँपालिका वडा नं. ७ का २५ वर्षीय पुरुष, वडा नं.८ का ३२ वर्षीय पुरुष, गोरखा नगरपालिका वडा नं.५ का २४ वर्षीय पुरुष, वडा नं.६ का ३८ वर्षीय पुरुष तथा ३७ वर्षीया महिला, लमजुङको राइनास वडा नं.५ का ४५ वर्षीया महिला, वडा नं.६ का १६ र ५० वर्षीय पुरुष तथा ३६ वर्षीया महिला, स्याङ्जाको चापाकोट १७ की ६४ वर्षीया महिला, भिरकोट वडा नं. १ की ८९ वर्षीया महिला, वडा नं. ४ का ३६ वर्षीय पुरुष, बाग्लुङको गल्कोट वडा नं. ११ की ३५ वर्षीया महिला एवं तनहुँको बन्दीपुर वडा नं.६ का ६३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५८३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: