
पोखरा । छिमेकी देश भारतमा गत २४ घण्टामा थप १८ हजार १६४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ५१ हजार ७२ पुगेको छ ।
यस्तै, गत २४ घण्टामा ३५७ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा मृतक संख्या १ लाख ४४ हजार ४८७ पुगेको छ ।
हालसम्म भारतमा ९४ लाख ८९ हजार १४३ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै ३३ हजार ३५० जना संक्रमणमुक्त भएका हुन् ।
अहिले भारतमा ३ लाख १७ हजार ४४२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर बिरामी छन् ।
कोरोना संक्रमणबाट भारत सबैभन्दा धेरै प्रभावित दोस्रो मुलुक हो ।
कमेन्ट गर्नुहोस्
