विश्वभर कोरोनाले एकैदिन १३ हजारभन्दा बढीको मृत्यु, मृतक संख्या १६ लाख ५४ हजार नाघ्यो

Share:

पोखरा । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकैदिन १३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आज यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १३ हजार ४४६ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले
जनाएको छ ।

एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि एकैदिन १३ हजार संक्रमितको मृत्यु भएको थिएन ।

हाल विश्वमा कोरोना संक्रमित मृतकको संख्या १६ लाख ५४ हजार ३४९ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा ७ लाख १४ हजार ९०८ संक्रमित थपिएका छन् । यससँगै विश्वमा संक्रमितको संख्या ७ करोड ४५ लाख १४ हजार ९७८ पुगेको छ ।

संक्रमितमध्ये ५ करोड २३ लाख ५४ हजार ५०७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ४५ हजार ६८६ जना संक्रमणमुक्त भएका हुन् ।

हाल विश्वभर २ करोड ५ लाख ६ हजार १२२ सक्रिय संक्रमित छन् । ती मध्ये १ लाख ७ हजार ५११ गम्भिर बिरामी छन् ।

चीनको वुहानबाट सुरू भएको भाइरस हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ७३ लाख ९२ हजार ६१८ पुगेको छ ।

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख १४ हजार ५७७ पुगेको पुगेको छ भने १ करोड १ लाख ७० हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: