पोखरामा बाथरुममा लडेर एक पुरुषको मृत्यु

Share:

पोखरा । पोखरामा बिहीबार (आज) बाथरुममा लडेर एक पुरुषको मृत्यु भएको छ ।

ओखलढुङ्गा घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ लामाचौर बस्ने वर्ष ४५ को सार्कीमान मगरको मृत्यु भएको हो ।

आज बाथरुममा अचानक लड्न गई घाईते भएका मगरलाई उपचारको लागि फिस्टेल अस्पतालमा पठाईएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: